काठमाडौंमा एन्टिजेन विधिबाट कोरोना परीक्षण सुरु, आधा घण्टाभित्रै रिपोर्ट आउने

news-details

सरकारले काठमाडौं उपत्यकामा कोरोना परीक्षणको नयाँ विधि एन्टिजेन परीक्षण सुरु गर्ने भएको छ ।

एन्टिजेन परीक्षण सरकारले पहिलो पटक समुदायस्तरमा सुरु गर्न लागेको हो ।

पहिलो चरणमा काठमाडौं महानगरपालिका जोखिमपूर्ण स्थान र पहिचान गरी परीक्षण गर्न लागेको राष्ट्रिय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमु्ख बासुदेव पाण्डेले जानकारी दिनुभयो ।

कोरोना पहिचानमा एन्टिजेन परीक्षण विधि नयाँ हो । जसअनुसार परीक्षणको रिपोर्ट आधा घण्टाभित्र आउने र कुनैपनि व्यक्तिको शरीरमा कोरोना संक्रमण हुन लागेको दुई तीन दिनभित्रै भाइरस पत्ता लाग्ने जनाइएको छ ।

काठमाडौं महानगरपालिकाको ४, ७ ,९ वडामा पहिलो भोली र मंसिर १७ मा १४, १६, १० वडाका जोखिम स्थान तोकी परीक्षण हुने छ ।

बिश्व स्वास्थ्य संगठन डब्ल्युएचओका अनसार यो परीक्षणमा ८५ प्रतिशत परिणाम हुने मान्यता छ ।

एन्टिजेन परीक्षण आज महानगरपालिकाले जोखिम पहिचान गरेको गौरीघाट, चाबहिल, बिशालनगर, धुम्बाराही, बत्तिसपुतली र मित्रपार्कमा परीक्षण गरिनेछ ।

यो एन्टिजेन परीक्षणका लागि १७ हजार किट एनआरएन जापानले नेपाल सरकारलाई उपलब्ध गराएको हो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *