चिलसँग ठोकिएपछि कैलाश एयरको हेलिकोप्टर नुवाकोटमा आपतकालीन अवतरण

news-details

बागलुङको गलकोटबाट काठमाडौंका लागि उडेको कैलाश हेलिकोप्टर सर्भिसेजको नाइन एनए जेजे हेलिकोप्टर चिल;Fu ठोक्किएर दुर्घटनामा परेपछि नुवाकोटमा सुरक्षित अवतरण गरिएको छ छ ।

आकाशमा उडिरहेको हेलिकोप्टरमा एक्कासि चिल आएर ठोक्किएपछि अगाडिको सिसा पूर्ण रुपमा फुटेको थियो ।

गलकोट नगरपालिका– ३ का वडा अध्यक्ष विरजङ्ग भण्डारी, सोही ठाउँका सुरेन्द्र श्रेष्ठ, सरोज मल्ल, गीता मल्ल सवार हेलिकोप्टरमा चरा ठोक्किएपछि नुवाकोटको बेलकोटगढी गाउँपालिका– ६ मा आकस्मिक अवतरण गरिएको थियो ।

वडा अध्यक्ष भण्डारीले उडिरहेको हेलिकोप्टरमा चरा ठोक्किएपछि पाइलटले सुरक्षित अवतरण गराएकाले आफूहरु सुरक्षित रहेको बताउनुभयो । ‘हेलिकोप्टरमा एक्कसि चिल ठोक्कियो, पाइलटले सुरक्षित रुपमा फोर्स ल्याण्डिङ गर्नुभयो, आफ्नो हात र खुट्टामा सामान्य चोट लागे पनि सबै सुरक्षित छौं’ भण्डारीले भन्नु्भयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *