चीनका रक्षामन्त्री वेई फेङ्ही काठमाडौमा

news-details

जनगणतन्त्र चीनका स्टेट काउन्सिलर तथा रक्षामन्त्री वेई फेङ्ही नेपालको एक दिवसीय औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको छ । उहाँलाई गृहमन्त्री रामबहादुर थापा बादलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वगत गर्नुभएको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थिति थियो ।

भ्रमणका क्रममा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुहुनेछ । त्यस्तै प्रधान सेनापति पूर्णचन्द्र थापाले पनि उहाँसँग द्विपक्षीय भेटवार्ता गर्नुहुने तय भएको छ ।

उहाँ आइतबार साँझ नै स्वदेश फर्कनुहुने जानकारी दिइएको छ । नेपालको उत्तरी छिमेकी चीनबाट यस वर्ष हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

-रासस

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *