जनताले नै राजा चाहेका छन् : कार्की

news-details

राष्ट्रीय प्रजातन्त्र पार्टीका युवा नेता हिक्मतजंग कार्कीले जनतालेनै राजा चाहेकाले राजसंस्था आउनेमा कुनै संका नरहेको बताएका छन् ।देशभर भएका राजसंस्था र हिन्दू राष्ट्र पुनर्स्थापनाका बिभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजा आउने रहर हैन, राजा ल्याउने जनताको रहर भएको बताए । मुलुक संकटबाट गुज्रीएको भन्दै राजसंस्था सहितको हिन्दू राष्ट्रबाट मात्र मुलुकको संरक्षण हुने उनको भनाई थियो ।

अहिले देशैभर राजसंस्थासहितको हिन्दू राष्ट्र पुनर्स्थापनाको माग भई रहेको उनको भनाई थियो । मुलुकमा भ्रष्टाचार बढेको, बेथिति बढेको, जनताले दुःख पाएको र सिमा संरक्षण गर्न नसकेको उनको आरोप थियो । राजसंस्थाबाट मात्र समृद्धि सम्भव हुने भएकाले हिन्दू राष्ट्र पुनर्स्थापनाको लागी आन्दोलनको लागी तयार रहन आग्रह गरेका छन । उनले धेरै राजाको ठाउमा अकजना राजा आउने भएकाले चाडै राजसंस्था आउने दाबी गरे ।

पार्टीमा बैचारीक बहसका लागी कार्कीको भूमिका महत्वपूर्ण रहको छ ।राप्रपाले झापा, बिराटनगर, जनकपुर, धनगढी, पोखरा, नेपालगंजमालगातका शहरहरुमा राजसंस्थाको पुनर्स्थापनाको माग गर्दै बिभिन्न कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *