काठमाडौ उपत्यकामा ६४५ सहित देशभर थप १३८० जनामा कोरोना संक्रमण पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ६४५ सहित देशभर थप १३८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख ३० हजार ७२३ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ४८५, भक्तपुरमा ३६ र ललितपुरमा १२४ जना संक्रमित थपिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५१५ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ११ हजार १ सय ८६ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा १९जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १४५४ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *