प्रधानमन्त्री ओलीद्वारा सचिवालय बैठकमा जवाफी प्रस्ताव प्रस्तुत (पूर्णपाठसहित)

news-details

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ । अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको रक्षा गर्ने आव्हान र प्रतिबद्धतासहित बैठकमा राजनीतिक प्रस्ताव पेश गरेपछि आजको बैठक सकिएको हो ।

अर्को बैठक १६ गते मंगलबार १ बजे पार्टी मुख्यालय धुम्बाराहीमा बस्ने निर्णय पनि बैठकले गरेको छ । आजको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा अध्यक्ष ओलीले प्रतिबद्धता गरेअनुसार अध्यक्षको राजनीतिक प्रतिवेदन पेश गरेका थिए ।

प्रतिवेदनमा उनले पार्टी एकताको संकल्प, पार्टीलाई थप मजबुत बनाउने प्रतिबद्धतासहितको आव्हान नेताहरुलाई गर्नुभएको प्रवक्ता श्रेष्ठले जानकारी दिए । अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको लिखित प्रस्तावलाई सचिवालयका सदस्यहरुलाई वितरण गरिएको छ । सो प्रतिवेदन अध्ययन गर्न तीन दिनको समय दिइएको छ । १६ गते बस्ने बैठकमा त्यसमाथि छलफल हुने प्रवक्ता श्रेष्ठले बताए ।

आजको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम तथा अन्य सदस्यले संक्षेपमा धारणा राखेको प्रवक्ता श्रेष्ठले जानकारी गराए । अर्को बैठकमा एजेण्डामाथि छलफल व्यवस्थित रुपमा शुरु हुने र उचित निस्कर्ष निस्कने प्रवक्ता श्रेष्ठको भनाई छ ।

प्रस्तावको पूर्णपाठ

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *