नेकपा सचिवालय बैठक आज बस्दै, दाहालले उठाएका प्रश्नको ओलीले जवाफ दिने

news-details

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीले राजनीतिक प्रस्ताव पेश गर्ने कार्यसूची छ ।

बैठकमा उनले यसअघि अर्का अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफ दिने कार्यसूची छ । ओलीले आफुमाथि लागेका आरोपवारे बैठकमा प्रस्ष्ट पार्ने उनी निकट नेताहरुले बताएका छन् ।

यसअघि गत मङ्सिर तीन गतेको सचिवालय बैठकले अध्यक्ष ओलीले माग गरेअनुसार लिखित जवाफ दिन उनलाई दश दिनको समय दिएको थियो । सो बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने जनाएका थिए ।

प्रधानमन्त्री ओलीको प्रतिवेदनपछि पार्टी विवाद थप चुलिने आँकलन गरिएको छ । नेकपा विवादमा मङ्सिर १८ गते हुने स्थायी कमिटीको बैठक र मङ्सिर २५ गते हुने केन्द्रीय समितिको बैठकमा पनि छलफल हुनेछ ।

दाहालले ओलीलाई पार्टी पद्धती र बिधान अनुरुप नचलाएको आरोप लगाएका छन् । पार्टीभित्र विवाद बढ्दै जाँदा नेकपाका अध्यक्ष ओली र दाहाल एक अर्का बिरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन् ।

राजदूत नियुक्ति, मन्त्रीपरिषदमा हेरफेर, कर्णाली विवाद, भारतीय जासुसी संस्थाका प्रमुखको नेपाल भ्रमणलगायत विषयलाई लिएर नेकपामा विवाद छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *