सिसिएमसी बैठक : जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय

संक्रमण न्यून भएका ठाउँमा सबै सेवा संचालन गर्न सिफारिस
news-details

कोरोना संकट व्यवस्थापन केन्द्र सीसीएमसीले संक्रमणको जोखिमको अवस्था मुल्यांकन गरी सबै देशहरुमा उडान अनुमित दिने निर्णय गरेको छ ।

आज बसेको सीसीएमसी निर्देशक समितिको बैठकले अहिले उडानका लागि स्वीकृति पाएका मुलुक बाहेक अन्य मुलुकमा पनि आवश्यकता अनुसार उडान अनुमति दिने निर्णय गरेको हो ।

संक्रमणको जोखिम मुल्यांकन गरी अन्य मुकुलमा पनि आवश्यकता अनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नियमित उडानको अनुमति दिन निर्णय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बताए ।

संक्रमण न्यून भएका ठाउँमा सबै सेवा संचालन गर्न सिफारिस

यस्तै सिसिएमसीको बैठकले संक्रमण न्युन भएका स्थानमा यसअघि बन्द भएका सेवाहरु संचालन गर्न प्रस्ताव गरेको छ । बैठकले कोरोनालाई मध्यनजर गर्दै यसअघि बन्द गरिएका सेवाहरु कोरोना संक्रमण न्युन हुदै गएको स्थानमा खुल्ला गर्नका लागि मन्त्रिपरिषद्‍मा प्रस्ताव लैजाने निर्णय गरेको हो ।

बैठकले कोरोना जोखिम उच्च देखिएका स्थानको पहिचान गरि निश्चित क्षेत्रमा आवश्यकता अनुसार सिलबन्दी गरि परिक्षणको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

बैठकले सरकारी कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण भएमा संक्रमित कर्मचारीलाई आइसोलेट गरेर बाँकी कर्मचारीबाट सेवा प्रवाहलाई निरन्तरता दिने निर्णय गरेको उहाँले बताउनुभयो । बैठकले उपत्यकामा परीक्षणको दायरा बढाउने निर्णय गरेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *