काठमाडौ उपत्यकाका ९४७ सहित देशभर थप १७९० जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन २७९१ जना संक्रमणमुक्त हुदा २४ को मृत्यु
news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ९४७ सहित देशभर थप १९८० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख २४ हजार ७८ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ६९२, भक्तपुर ६५ र ललितपुरमा १९० जना संक्रमित भेटिएका हुन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २७९१ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या २ लाख ४ हजार ८५८ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २४ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १३६१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *