बैतडीमा जिप दुर्घटना हुदा ५ जनाको मृत्यु, ४ जना घाइते

news-details

बैतडीको दशरथचन्द नगरपालिका-१० बुड्ढामा बोलेरो जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाइ जिल्ला अस्पताल लगिएको छ ।

आज दिउँसो करिब २ बजेतिर जिप दुर्घटनामा परेको थियो । बैतडीको झुलाघाटबाट गोठलापानी आउँदै गरेको ना १ ज २१९६ नम्बरको जिप दशरथचन्द नगरपालिका १० बुड्डा भन्ने स्थानमा दिउँसो दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर बैतडीको सुर्नया गाउँपालिका ४ का ७५ बर्षीया कलावती चन्द, दशरथचन्द नगरपालिका ४ का ७५ बर्षीय भगीरथ पाण्डेय, दशरथचन्द नगरपालिका ५ बस्कोटका ७० बर्षीया पार्वतीदेवी चन्द,सोही ठाउँका ७२ बर्षीया पार्वतीदेवी चन्द र दशरथचन्द नगरपालिका २ का ५८ बर्षीय कृष्णलाल लावडको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक जनकबहादुर धामीले जानकारी दिनुभयो ।

दुर्घटनामा परी ४ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल पुर्‍याइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

तीव्र गतिमा रहेको जिप अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । जिप सडकबाट करिब एक सय मिटर तल खसेको छ । दुर्घटना हुने बित्तिकै फरार रहेका जिप चालक गोपाल कार्कीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परेर मृत्यु भएका सबै नागरिक भारतबाट पेन्सन बुझेर आउँदै गरेका बुझिएको छ ।

गएको चैतदेखि पेन्सन बुझ्न नपाउँदा पेन्सनवालाहरुलाई सोमबारदेखि शुक्रबारसम्मका लागि झुलाघाट नाका खोलिएको थियो ।

-तस्बीर : नरी दत्त बडू, बैतडी

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *