झण्डै ८ महिना लामो अन्योलता र अनिश्चिततापछि कक्षा १२ को परीक्षा आजबाट सुरु भएको छ ।
कोरोना भाइरसको महामारीको त्रासले सरकारले गत वर्षको चैतमा लकडाउन शुरु गरेसँगै वैशाखमा हुनुपर्ने कक्षा १२ को परीक्षा रोकिएको थियो ।
आजको परीक्षामा देशभरका चार हजार १०५ विद्यालयका चार लाख ३३ हजार परीक्षार्थी सहभागी हुने छन् । कुल परीक्षार्थी मध्ये १४ हजार परीक्षार्थीले हाल आफू बसोबास गरीरहेको स्थान नजिक पर्ने गरी परीक्षा केन्द्र परीवर्तन गरेका छन् भने बाँकीले निर्धारीत परीक्षा केन्द्रबाटै परीक्षामा सहभागी भएका छन् ।
परीक्षामा सहभागी हुने विद्यार्थीको अनिवार्य रुपमा ज्वरो मापन गर्नुपर्न, मास्कको अनिवार्य रुपमा प्रयोग गर्नुपर्ने र कक्षा कोठामा कम्तीमा २ मिटरको दूरी कायम गर्नुपर्ने राष्ट्रिय परीक्षा बोर्डले निर्देशन दिएको छ ।
सबै परीक्षा केन्द्रहरुमा निर्धारित स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षाहरु सञ्चालन भई रहेको छ ।








