काठमाडौँ महानगरपालिकाले आजदेखि निःशुल्क पीसीआर परीक्षण गर्ने

news-details

काठमाडौँ महानगरपालिकाल आइतबारदेखि निःशुल्क पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने कार्य शुरु गर्ने भएको छ ।

महानगरप्रमुख विद्यासुन्दर शाक्यले शनिवार पत्रकारसँग कुरा गर्दै सरकारले तोकेको मापदण्ड भित्र पर्ने व्यक्तिको निःशुल्क पीसीआर परीक्षण गर्नका लागि स्वाब संकलन गर्ने कार्य फेरी सूचारु गर्न लागिएको जानकारी दिएका हुन ।

कन्ट्याक्ट ट्रेसिङमा परेका, अशक्त र जेष्ठ नागरिकको पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्न मोवाइल भ्यान सञ्चालन गर्ने तयारी समेत महानगरले गरेको छ ।

प्रमुख शाक्यले काठमाडौँ महानगरपालिकाले परीक्षणको दायरा फराकिलो बनाउने तयारीका साथ अघि बढेको भन्दै कन्ट्याक्ट टे«सिङमा परेका र लक्षण देखिएकालाई मात्र पीसीआर टेष्ट गर्न आग्रह पनि गरे ।

उपत्यकामा पछिल्लो समय बढिरहेको कोरोना संक्रमणको चक्र तोड्न प्रभावकारी कदम चाल्नुपर्ने अवस्था आएको उनको भनाइ छ । बजारमा देखिएको भिडभाड नियन्त्रण गर्न उपत्यका नगरपालिका फोरमले सरकारलाई सुझाव दिइसकेको र सरकारको निर्णय अनुसार हुने महानगरप्रमुखको भनाइ छ ।

उपत्यकामा हालसम्म एक लाख भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *