उपत्यकामा ८९९ सहित देशभर थप १६७४ जनामा कोरोना पुष्टि, एकैदिन २३२३ जना सङ्क्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८९९ सहित देशभर थप १६७४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख १८ हजार ६३९ पुगेको छ ।

उपत्यकाको काठमाडौंका ६८५ जना, ललितपुरका १६५ र भक्तपुरका ४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा २३२३ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या १ लाख ९३ हजार ३२५ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा ७ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १३०५ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *