काठमाडौ उपत्यकामा ११०७ सहित देशभर थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि

एकैदिन ५३६४ जना सङ्क्रमणमुक्त हुदा २२ जनाको निधन
news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ११०७ सहित देशभर थप १९४५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै संक्रमितको कूल संख्या २ लाख १६ हजार ९६५ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा ८६२, भक्तपुरमा ७१ र ललितपुरमा १७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै पछिल्लो चौबीस घण्टामा ५३६४ जना सङ्क्रमणमुक्त भएका छन । योसँगै निको हुनेको कुल संख्या १ लाख ९१ हजार २ जना पुगेका छन ।

यस्तै पछिल्लो चौबीस घण्टामा २२ जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १ हजार २९८ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *