गृहमन्त्रालयले ३३ जना वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा गरेको छ । गृहमन्त्रालयले सो आज सो सरुवा सूची सार्वजनिक गरेको हो ।

नेपाल सरकार, गृह मन्त्रालय (मन्त्रीस्तर)को आजको निर्णय अनुसार मंसिर ७ गतेबाट लागू हुने गरी जनपद प्रहरी समूह तर्फका प्रहरी बरिष्ठ उपरीक्षकहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागले जनाएको छ ।

काठमाडौं र ललितपुरका प्रहरी प्रमुख पनि परिवर्तन गरिएको छ । काठमाडौं परिसरका प्रमुख अशोक सिंह हुनुभएको छ भने ललितपुर परिसरका प्रमुख किरण बज्राचार्य हुनुभएको छ ।