तिहारका कारण पीसीआर परीक्षण गराउनेको संख्यामा कमी आएसँगै संक्रमितको संख्या ५ सय २ जनामा सीमित भएको छ ।
गत २४ घण्टामा ३ हजार १ सय १२ जनाको पीसीआर परीक्षण गराउँदा जम्मा ५ सय २ जनामा संक्रमण भेटिएको छ । उपत्यकाको काठमाडौंमा २८९, भक्तपुर १२ र ललितपुरमा ३८ जना संक्रमित भेटिएका हुन ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार ८ सय ७८ जना संक्रमणमुक्त भएका मन्त्रालयले जनाएको छ । योसँगै हालसम्म निको हुनेको संख्या १ लाख ७९ हजार २ सय ४२ पुगेका छन् ।
यस्तै २४ घण्टामा कोरोनाबाट १७ जनाको ज्यान गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२४७ पुगेको छ ।








