पछिल्लो २४ घण्टामा देशभर थप १९१३ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ४ हजार २४२ पुगेको छ ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २३४९ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ६४ हजार ५९२ पुगेको छ ।

देशभर पछिल्लो २४ घण्टामा १५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११८९ पुगेको छ ।