पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १५३३ सहित देशभर थप २८१७ मा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना संक्रमित भेटिएका हुन ।

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २८१२ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २१जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११०८ पुगेको छ ।