पत्रकारलाई राहत उपलब्ध गराउन अर्थमन्त्रीसँग माग

news-details

कोभिड १९ का कारण पेसागत र आर्थिक समस्यामा परेका पत्रकारहरुलाई राहत सुविधा उपलब्ध गराउन नेपाल पत्रकार महासंघले अर्थमन्त्री विष्णु पौडेल समक्ष सुझाव पत्र पेस गरेको छ ।

सो अवसरमा अर्थमन्त्री पौडेलले सरकार प्रेस जगतका साथै राष्ट्रीय जीवनका बिभिन्न पक्षमा कोभिड १९ ले पारेको दुष्प्रभावबारे सजग रहेको उल्लेख गर्दै महासंघका सुझावहरु यथोचित रुपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए ।

अर्थमन्त्री पौडेलले सरकारले प्रेस जगतसँग सहकार्य, प्रोत्साहन र सहयोगको दृष्टिले सम्बन्ध बनाउन चाहेको धारणा राखेको महासंघले जनाएको छ ।

महासंघका अध्यक्ष गोविन्द आचार्यले अर्थमन्त्री पौडेलसमक्ष प्रस्तुत सुझाव पत्रमा पत्रकारहरुलाई गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन सुझावहरु समेटिएको जानकारी दिएको बताए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *