पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई दम्पतीलाई कोरोना संक्रमण

news-details

पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ ।

भट्टराईले आफु र हिसिलालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् । कार्तिक ७ गते गरेको स्वाब परिक्षणको नतिजा पोजेटिभ आएको डा भट्टराईले जानकारी दिएका छन् ।

उनले चिकित्सकहरूको सल्लाह बमोजिम अहिले होम आइसोलेसनमा नै रहने बताएका छन्। डा भट्टराईले केही समय यता सम्पर्कमा रहेका महानुभावहरू सबैले सतर्कता अपनाउन विशेष आग्रह गरेका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *