उपत्यकामा २७२० सहित देशभर थप ४४९९ जनामा कोरोना पुष्टि, एकैदिन २६६८ संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २७२० सहित देशभर थप ४४९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ५३ हजार ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका २३५७, भक्तपुरका १२७ र ललितपुरका २३६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २६६८ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

देशभर पछिल्लो २४ घण्टामा १७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८२९ पुगेको छ ।

 

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *