उपत्यकामा ३१०७ सहित देशभर अहिलेसम्मकै बढी एकैदिन ५७४३ जनामा कोरोना संक्रमण पुष्टि

पछिल्लो २४ घण्टामा २९९६ संक्रमणमुक्त हुदा २६ को मृत्यु
news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३१०७ सहित देशभर थप ५७४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ४४ हजार ८७२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका २३९१, भक्तपुरका १७३ र ललितपुरका ५४३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज २९९६ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ९९ हजार ६०५ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै गत २४ घण्टामा कोरोनाका कारण थप २६ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७९१ पुगेको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *