प्रधानमन्त्री र सबै मन्त्रीको दसैं भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय

news-details

प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले जानकारी दिएका छन ।

सोमबार भएको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद्का सबै सदस्यहरुले दसैं भत्ता वापतको रकम कोरोना कोषमा कोरोना रोकथाम तथा उपचारमा सघाउने गरी जम्मा गर्ने निर्णय भएको र सोही अनुसार प्रदेश सरकारका मन्त्रीहरुलाई पनि कोषमा जम्मा गर्न आग्रह गर्ने निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिए ।

यसअघि नेपाली कांग्रेसका सांसदहरुले आफुले पाउने भत्ता बापतको ४३ लाख २० हजार ८ सय १० रुपयाँ संसद सचिवालयमार्फत सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेपछि नेकपाका सांसदहरुले पनि रकम फिर्ताको निर्णय गरेका थिए ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *