सिनामंगलस्थित केएमसी अस्पतालको तेस्रो तलाबाट हामफालेका युवकको मृत्यु

news-details

सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज (केएमसी)को तेस्रो तलाबाट हाम फालेका युवकको उपचारको क्रममा मृत्यु भएको छ ।

सोलुखुम्बुका २६ वर्षीय रोशन खड्काले सोमबार बिहान अस्पतालको तेस्रो तलाबाट हाम फालेका थिए । गम्भिर घाइते उनको उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी वृत्त गौशालाले जनाएको छ ।

घरमा हात, खुट्टा पोलेपछि खड्कालाई उनकी आमाले आइतबार मात्रै केएमसीमा भर्ना गरेकी थिइन् । सोमबार बिहान आमा औषधि किन्न गएका बेला खड्काले हाम फालेका थिए ।

उनी मानसिक रोगीसमेत रहेको र घटनाबारे थप बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *