वीरगन्जबाट २२ किलो अवैध सुन बरामद

news-details

जिल्ला प्रहरी कार्यालय पर्साले साढे २२ किलो अवैध सुन बरामद गरेको छ ।

२० करोड रुपैयाँ बराबरको अवैध सुन श्री गणेश अपार्टमेन्टबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । वीरगन्ज रेशम कोठीस्थित श्री गणेश अपार्टमेन्टमा छापा मारी सुन नियन्त्रणमा लिएको सुन २२ किलो ५७६ ग्राम रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

बरामद सुनमा २ केजी ६८१ ग्राम चाँदीका गरगहना समेत रहेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी पर्साका प्रहरी उपरीक्षक गंगा पन्तको कमाण्डमा गएको टोलीले अपार्टमेन्टमा छानबिन गर्ने क्रममा कोठाबाट सुन बरामद गरिएको प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।

सुनसँगै केही कागजातहरु समेत फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हाल सुन धनीको हो भने थाहा नभएको प्रहरीले जनाएको छ । सुनबारे थप अनुसन्धान भइरहेको पनि जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *