उपत्यकामा १७४६ सहित देशभर थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि, एकैदिन १८०० संक्रमणमुक्त

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा १७४६ सहित देशभर थप ३१६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख २९ हजार ३०४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १४५१, भक्तपुरका १४३ र ललितपुरका १५२ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १८०० जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ८९ हजार ८४० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *