अमेरिकाका नेपाली र खाडिका नेपालीबीचको विभेदलाई अन्त्य गरौं : प्रविन गुरुङ

news-details

गैरआवासीय नेपाली संघ अन्तर्गत सातौं मध्यपूर्व क्षेत्रीय बैठक शुक्रवारबाट शुरु भएको छ । दुई दिनसम्म चल्ने बैठकको उद्घाटन परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले गरिसकेका छन् ।

‘गैरआवासीय नेपालीहरुको आजको आवश्यकता, स्वास्थ सुरक्षा, सहज फिर्ती एबम रोजगारी, सामाजिक पुर्नस्थापनाको सुनिश्चिता’ मूख्य नाराका साथ शनिवार छलफल चलिरहेको छ ।

बैठकले मध्यपुर्वमा कार्यरत नेपाली कामदारहरुको समस्या, समाधान र मध्यपुर्वको देशहरुसंग हाम्रो देशको कुटनैतिक दोहोरो सम्बन्ध मजबुतता संगै कोरोना भाइरसका कारण मध्यपुर्वबाट नेपाल फर्किएका युवाहरुको ब्यबस्थापन पक्षमा नेपाल सरकार र गैरआवसिय नेपाली संघले खेल्नुपर्ने भुमिका र ब्यबस्थाबारे छलफल हुनेछ ।

उद्घाटन शत्रमा संवोधन गर्दै मध्यपूर्व संयोजक प्रविन गुरुङले मध्यपूर्वका नेपालीलाई यूरोप र अमेरिकामा रहेका नेपाली सरह व्यवहार गर्न आग्रह गरेका छन् । खाडीका नेपालीलाई गरिने विभेदको अन्त्य गर्न उनको अनुरोध थियो । क्षेत्रीय संयोजक गुरुङले उद्घाटन शत्रमा राखेको संवोधन यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ ।

हामि यसरी ढुक्क भएर भन्न सक्छौं कि गैर आवसिय नेपाली सघ नेपाल सरकारको सहयोगि संस्था हो भन्नुमा कुनै अत्युक्ति नहोला । अव हामिले गैर आवसिय नेपाली सघको प्रभाव जसरी व्यापक भएको छ हामि अनुमान सहजै गर्न सक्छौं । आजसम्म गैर आवसिय नेपाली संघको व्यापक विकास भएको छ । अवको अध्याय भनेको गैर आवसिय नेपाली मार्फत समृद्ध नेपाल निमार्णका लागि अग्रसर रहनु आजको आवश्यकता हो ।

मुलुकमा रोजगारीको सिमित अवसर र असिमित वेरोजगारीको सख्या कुनै नौलो कुरा होइन । रोजगारीका लागि आजपनि लाखौ युवा शक्तिहरु तेश्रो मुलुक त्यसमा पनि खाडीका विभिन्न देशहरुमा कार्यरत रहेका छन् । हामि सवैलाई थाहा छ खाडिका मुलुकमा हुने वातावरण र त्यहां नेपालीले कठिन र जोखिम कार्य गर्नुपर्ने अवस्था एकातिर छ अर्कोतिर कामको उचित तलवमान समेत नहुने गरेको विधमान अवस्था छ ।

अर्कोतिर मुलुकको आर्थिक मेरुदण्ड भनेको खाडि तथा मलेशियामा कार्यरत नेपालीहरुले आर्जन गरेको रेमिट्यान्स नै हो तर आज राज्यले गैर आवसिय नेपालीको सन्र्दभमा समान परिभाषित गरेतापनि व्यवहारिक विभेधिकरण गरेको सच्चाईलाई हामिले विर्सन हुदैन ।

यो क्षेत्रीय वैठक आजसम्मको घटनाक्रमको रुपान्तरण पनि हो त्यसका लागि म सरकार समक्ष यो वैठकवाट जोडदार माग गर्दछु कमसेकम अमेरिकाका नेपाली र खाडिको नेपाली विचको विभेदलाई सरकारी, निजी वा भुगोलकै आधारमा गैर आवसिय नेपालीवाट हुने विभेदको अन्तका लागि म सवै पक्षसंग जोडदार माग गर्दछु ।

खाडिमा कार्यरत नेपालीहरुको हक, हित, अधिकार र समाजिक रुपमा हुने सम्मानको उचित प्रवन्ध मिलाउन म नेपाल सरकार समक्ष जोडदार माग गर्दछु ।
स्वदेश फिर्ति भएकाहरुलाई सरकारले स्वदेशमा रोजगार सृजना गर्ने योजना बनाउनुपर्छ । यो योजनामा मध्यपूर्वबाट फर्केका श्रमीकहरुले सीप अनुसारको रोजगार पाउन सकुन ।

प्रविधि मैत्री ऐतिहासिक ७ औं क्षेत्रीय वैठकका श्रदेय प्रमुख अतिथि, विशेष अतिथि गैर आवसिय नेपाली संघको अभियानमा विभिन्न तह र तप्कामा रहेर काम गर्नुहुने सवैलाई सहभागिताको लागि हार्दिक अभार व्यक्त गर्दछु । यहांहरुको रचनात्मक सुझाव र सहयोगप्रति आभार समेत प्रकट गर्दछु । मलाई विश्वास कार्यक्रममा कागजी प्रश्तुती मात्र नभैकन यसको व्यवहारीक रुपमा कार्यसम्पादन गर्ने विषयमा हामि सवैको ध्यान केन्द्रित वन्न सकौ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *