मन्त्रिपरिषद पुनर्गठन : पोखरेलको मन्त्रालय परिवर्तन, पौडेल बने अर्थमन्त्री

news-details

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालय हेरफेरसहित थप ३ नयाँ मन्त्री समावेश गर्दै मन्त्रीपरिषद पुर्नगठन गरेका छन ।

पुनर्गठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको जिम्मेवारी परिवर्तन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ ।

नयाँ मन्त्रीकारुपमा भित्रिएका विष्णु पौडेललाई अर्थ मन्त्रालय, कृष्णगोपाल श्रेष्ठलाई सहरी विकास मन्त्रालय र लीलानाथ श्रेष्ठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

यस्तै यसअघि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री रहेका पार्वत गुरुङको मन्त्रालय हेरफेर गर्दै उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सारिएको छ । रक्षा मन्त्रालय भने प्रम ओली आफैले राखेका छन ।

राष्ट्रियसभाको दुई वर्षे पदावधिका कारण डा युवराज खतिवडाको राजीनामापछि अर्थ मन्त्रालय रिक्त थियो । तत्कालिन मन्त्री गोकुलप्रसाद बास्कोटा र सहरी विकास मन्त्री मो इस्तियाक राईको राजीनामापछि मन्त्रालयमा कार्यवाहक जिम्मेवारी दिइएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *