पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २१२९ सहित देशभर थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख १५ हजार ३५८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाको काठमाडौका १७४६, भक्तपुरका १६७ र ललितपुरका २१६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै आज १५०३ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ७८ हजार ७८० पुगेको मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर कोरोना संक्रमितमध्ये १८ जनाको मृत्यु भएको छ । योसहित अब नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६६३ जना पुगेको छ ।