राष्ट्रीय प्रजातन्त्र पार्टी युवक संगठनका केन्द्रीय उपाध्यक्ष कैलाश कटवाल राप्रपाको केन्द्रीय कार्यसमितिमा मनोनयन हुनुभएको छ ।

युवा नेताको रुपमा राप्रपाको युवा संगठनलाई हाक्नु भएका कटवालसंग युवा परिचालनको क्षेत्रमा बिशेष दक्खल छ । राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शम्सेर जवरा र डाक्टर प्रकाश चन्द्र लोहनीको सहमतिबाटै पार्टीको बिधान अनुसार मनोनित गरिएको हो ।

कार्यसमितिमा अधिकाशं युवालाई प्राथमिकता दिईएको छ । उहाँसंगै राप्रपा युवा संगठनकी केन्द्रीय सचिव सन्तोषी शाही, युवा नेता दिनेश कार्की, सविन खड्का, पंचराम गुरुग, छमकला कुवर, देबु पराजुलि, महेशबहादुर सिंह, उर्मिला अधिकारी, जगदीशराज भण्डारीलगायतका युवाहरुलाई केन्द्रीय कार्यसमितिमा मनोनित गरिएको छ ।

राप्रपाले पार्टीभित्र युवाहरुलाई स्थान दिने र परिचालन गर्ने उदे्श्यले युवाहरुलाई प्राथमिकतामा राखेको हो । युवाहरुलाई परिचालन गरेर राप्रपालाई गतिशिल बनाउने सोच राप्रपाको छ ।

नव कार्यसमितिका सदस्य कैलाश कटवालले राप्रपाको बिचार, आदर्श र सिद्धांन्तलाई जनताको घर घरमा पुर्याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो । उहाले युवाहरुको नेतृत्वबाट मात्र पार्टीले गति लिन सक्ने भन्दै युवाहरुलाई पार्टीको काममा परिचालन गरिने बताउनुभयो ।राजनीति र व्यवसायीक रुपमा अगाडी बढ्नु भएका कटवालको पछिल्लो समयमा पार्टीमा प्रभावकारी भूमिका रहदै आएको छ ।