पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २६७२ सहित देशभर थप ५००८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका २१००, भक्तपुरका २०३ र ललितपुरका ३६९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १२२९ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या ७४ हजार २५२ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको र हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ६१४ पुगेको पनि मन्त्रालयले जनाएको छ ।
पूर्ण विवरण
















