कोभिड–१९ को महामारीका कारण समस्यामा परेका ७० बिपन्न परिवारलाई लायन्स क्लब अन्तर्राष्ट्रिय ‘ए टु’ ले राहत सामाग्री वितरण गरेको छ ।

लायन्स क्लबकी डिस्ट्रिक गभर्नर डा. सुशिला मल्लको उपस्थितिमा सोमबार भक्तपुर बालकोटमा बस्ने विपन्न परिवारलाई राहत सामाग्री वितरण गरेको हो ।

राहतमा १२ केजी चामल, एक केजी दाल, एक केजी नुन, आधा केजी चिनी, आधा लिटर खानेतेल, आधा केजी न्यूट्रेला र २ वटा हात धुने सामुन वितरण गरिएको चिफ एरिया को–अर्डिनेटर गोपाल पौड्यालले जानकारी दिए ।

लायन्स क्लवद्धारा भक्तपुरको बालकोटमा ७० बिपन्न परिवारलाई राहत वितरण

सामाजिक दुरी कायमगरी वितरण गरिएको राहत सामाग्री पाएपछि कुमार दर्जीले अव केही दिन भोकै बस्न नपर्ने भयो भन्दै दातालाई धन्यवाद दिए । कोभिड र लकडाउनले काम र दाम गुमाएका अधिकांशले लायन्सको राहत पाएका छन् ।

राहत वितरण कार्यक्रमलाई डिस्ट्रिक गभर्नर डा.मल्लले खान नपाएर कोही मर्न नपरोस्, यदि कसैको चुलो बलेन भने लायन्स उनीहरुको चुलो बाल्न तयार रहेको बताइन् । साथै डा. मल्लले समाजमा अप्ठेरो अवस्थामा रहेका कोही भए लायन्सको सम्पर्कमा आउन आग्रह पनि गरिन् ।

स्थानीय पूर्वेली टोल समितिका सचिव यज्ञराज घिमिरेले लायन्सको कार्यको प्रसंशा गर्दै आफ्नो टोलमा आएर विपन्न वर्गलाई सहयोग गरेकामा क्लबप्रति आभार प्रकट गरे ।

लायन्स क्लवद्धारा भक्तपुरको बालकोटमा ७० बिपन्न परिवारलाई राहत वितरण

कार्यक्रममा लायन्स ‘क्लस्टर चिफ’ फडिन्द्र पौडेल, डिस्ट्रिक सेक्रेटरी उत्तम झा, ट्रेजरर् डा. कमल कायस्थ, लायन चन्द्र ढकाललगायत लायन्स लिडरहरुको उपस्थिति रहेको थियो ।

लायन्स क्बल अन्तर्र्राष्ट्रिय ए टु ले कोभिड–१९ को महामारीका कारण समस्यामा परेका विपन्न वर्गका मानिसहरुका लागि कार्यक्रम संचालन गर्दै आएको छ । उक्त कार्यक्रम अन्तर्गत ‘फुड बैंक’ को स्थापना गरि करिब पाँच हजार परिवारलाई राहत उपलब्ध गराइने जनाइएको छ । ६ वटा क्लस्टर अन्तर्गत अलग अलग स्थानमा यस्तो राहत वितरण कार्यक्रम भइरहेको लायन्सले जनाएको छ ।