पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकाका ४०८ सहित देशभर थप १०४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै देशभर संक्रमितको कुल संख्या ४५ हजार २७७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
उपत्यकाको काठमाडौका ३२६, भक्तपुरका ४५ र ललितपुरका ३७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज १५६६ जना डिस्चार्ज भएका र हालसम्म निको भएर घर फर्कनेको कुल संख्या २७ हजार १२७ पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौका ३ पुरुष, रुपन्देहीका १ पुरुष, पर्साका १ पुरुष, महोत्तरीका १ पुरुष, मोरङकी १ महिला, मकवानपुरकी १ महिला र नवलपरासीकी १ महिला गरी ९ जनाको निधन भएको पनि मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण निधन हुनेको कुल संख्या पनि २८० पुगेको छ ।








