गोंगबु हत्या काण्डको अभियुक्त सार्वजनिक, यसरी गरिएको थियो हत्या

news-details

नेपाल प्रहरीले गोंगबुमा भएको हत्याकाण्डकी अभियुक्त कल्पना मुडभरी (पौडेल)लाई सार्वजनिक गरेको छ । दाङ घर भई काठमाडौंमा बस्दै आएका कृष्णबहादुर बोहराको विभत्स्य हत्यापछि चितवन पुगेकी कल्पनालाई चितवन प्रहरीको सहयोगमा पक्राउ गरी काठमाडौ ल्याएर सार्वजनिक गरिएको हो ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार कल्पनाले दहीमा पाँच वटा स्लिपिङ ट्याबलेट खुवाएर लठ्याएपछि अण्डकोषमा हम्मरले प्रहार गरेकी र त्यसपछि सलले घाँटी कसेर हत्या गरेकी थिइन् । त्यसपछि उनले घाँटी र खुट्टा छिनालेर आफैंले शव व्यवस्थापन गरेको प्रहरीले जनाएको छ ।

हत्याकाण्डका आरोपी कल्पना र मृतक कृष्णबहादुर बोहोराबीच करिब ३–४ वर्षदेखि फेसबुकमार्फत चिनाजानी भइ सम्पर्क हुँदै आएको र सो दिन पनि बोहोरा कल्पनाकै कोठामा बस्ने गरी गएकोमा कल्पनाले दही, चिउरा, मासु र भोडका खान दिएको खुलेको छ ।

घटना पछि एम्बुलेन्स बोलाएर चितवन टाडिस्थित माइती पुगेकी कल्पना र उनकी छोरीलाई पक्राउ गरेर काठमाडौं ल्याएको हो । बोहोराको शव व्यवस्थापनमा उनकी छोरी पनि संलग्न रहेको प्रहरीको भनाइ छ ।

सोमबार बिहान टोखा नगरपालिका वडा नम्बर १० स्थित गोगबु नवज्योति मार्गमा सुटकेसभित्र टाउको र खुट्टाविनाको शव भेटिएको थियो । त्यसको केही मिटर पर जेब्रा झोलाभित्र टाउको र खुट्टा फेला परेको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *