स्वास्थ्य मन्त्रालयका ४ कर्मचारीमा कोरोना संक्रमण

news-details

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चार जना कर्मचारीलाई कोभिड १९ संक्रमण पुष्टि भएको छ । गत शुक्रबार कोभिड १९ क्राइसिस म्यानेजमेन्ट समितिको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो ।

तीमध्ये ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयको एक अधिकारीले बताएका छन् । स्रोतको अनुसार संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *