काठमाडौ उपत्यकामा पछिल्लो २४ घण्टामा मात्रै ८७ संक्रमित थपिए, देशभर ३६० जनामा कोरोना पुष्टि

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ८७ सहित देशभर थप ३६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या २१ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

उपत्यकाका काठमाडौका ७६ जना, ललितपुरका १० जना र भक्तपुरका १ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा २३३ जना डिस्चार्ज भएसँगै निको हुनेको कुल संख्या पनि १५ हजार ३८९ पुगेको छ भने सक्रिय संक्रमित ६ हजार २ सय ९६ मात्र रहेको र निको हुनेको दर ७०.५७ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै साउन १७ गते ओम अस्पताल काठमाडौमा निधन भएकी धनुषाकी एक बृद्धा, साउन २१ गते काठमाडौको शसस्त्र प्रहरी अस्पताल बलम्बुमा निधन भएकी सर्लाहीकी महिला, साउन २१ मै कोसी अस्पताल विराटनगरमा मृत्यु भएका २ पुरुष र साउन २१ मै निधन भएका सप्तरीका १ पुरुषमा कोरोना संक्रमण भेटिएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै देशभर कोरोनाका कारण निधन हुनेको संख्या पनि ६५ पुगेको छ ।

 

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *