संखुवासभा नूनढाकीकी घाइते लिम्बूलाई आर्थिक सहयोग

news-details

घरको पाँचौ तलाबाट लडेर घाइते भएकी चैनपुर १ नूनढाकीकी मुना लिम्बू राईलाई स्थानीयले आर्थिक सहयोग प्रदान गरेका छन् ।

काठमाडौंको सिनामंगल सुकुम्बासी टोलमा बस्दै आएकी लिम्बूको गत चैत्रमा लडेर खुट्टा भाँचिएपछि चरम आर्थिक अभाव हुँदा उक्त सहयोग गरेका हुन् । नूनढाकीकै समाजसेवी प्रेम लिम्बू र गुमानसिंह लिम्बूको संयोजकत्वमा उठाइएको एक लाख ४५ हजार रुपैया घाइते लिम्बूलाई मंगलबार हस्तान्तरण गरिएको छ ।

छोरासहित काठमाडौं बस्दै आएकी घाइते लिम्बूलाई देशविदेशमा रहने नेपालीले मात्र नभएर नूनढाकीका स्थानीयले समेत भावानात्मकरुपमा रकम उठाएर पठाएको संयोजक प्रेम लिम्बूले जानकारी दिए ।


घाइते लिम्बू अहिले उपचारको क्रममा रहेकी छिन् । पूर्णरुपमा बेडरेस्टमा रहेकी लिम्बूले सहयोगी मनहरुलाई हर्षका आँशुले स्वागत गर्दै धन्यवाद दिइन् ।

समाजसेवी प्रेम लिम्बू अहिले ‘नमूना नूनढाकी तातोपानी’ बनाउनका लागि बेलायत छोडेर स्वदेश फर्किएका छन् ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *