सिन्धुपाल्चोक पहिरो अपडेट : मेलम्चीमा आठ र घट्टेखोलामा दुई गरी १० जनाको शव फेला

news-details

गएराति दुई बजे मेलम्ची बजारमा पहिरो जाँदा बेपत्ता भएका आठ जनाको शव निकालिएको छ भने एक जनाको जीवितै उद्धार गरिएको छ ।

त्यस्तै घट्टे खोला छयाप्लुङ भिरमा गएको पहिरोबाट थप दुई जनाको शव निकालिएको छ । योसँगै मृतक सङ्ख्या दश पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी माधव काफ्लेले जानकारी दिनुभयो ।

पहिरोको कारण मेलम्ची बजारमा निर्माण हुँदै गरेको कभर्ड हलमा काम गर्ने मजदुर बेपत्ता भएका थिए ।

त्यस्तै, बाह्रबिसे नगरपालिका २, कर्थलीमा पनि भीषण पहिरो गएको छ । घट्टेखोलाको छयाप्लुङ भिरमा पहिरो आउँदा पाँच घर पूर्णरुपमा क्षति भएको स्थानीय रेशमबहादुर तामाङले जानकारी दिनुभएको थियो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *