शुक्रवार काठमाडौंका ३२, ललितपुरका ५ र भक्तपुरका १ गरी देशभर २२४ जनामा कोरोना पुष्टि

news-details

शुक्रबार राजधानीका ३ जिल्लामा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

काठमाडौंका ३२, ललितपुरका ५ जना र भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौंका ८ जना, शुकराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौं ३, ललितपुरका २ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै, पाटन अस्पतालको प्रयोगशालामा काठमाडौंका २ जना, ललितपुर २ जना, वीर अस्पतालको प्रयोगशालामा काठमाडौंका १, नेपाल प्रहरी अस्पतालमा काठमाडौंका १८ जना,  ललितपुरका १ जना र नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरका १ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

योसँगै पछिल्लो २४ घन्टामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार सात सय ८६ नमुना परीक्षण गर्दा दुई सय २४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका प्रवक्ता  डाक्टर जागेश्वर गाैतमले गौतमका अनुसार अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घन्टामा एक सय ५१ जना डिस्चार्ज भएका छन् । यो संगै डिस्चार्ज हुनेको संख्या १४ हजार तीन सय ९९ पुगेको छ । मन्त्रालयले थप चार जनाको मृत्यु भएको पुष्टि गरेको छ ।

सम्बन्धित शीर्षकहरु

1 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *