काठमाडौं उपत्यकामा ३ सहित बितेको २४ घण्टामा थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले १०० जना थपिएसँगै कुल संक्रमितको संख्या १८ हजार ९४ पुगेको जानकारी दिए ।

जसमध्ये १२ हजार ६८४ जना निको भएका छन् भने अब सक्रिय संक्रमितको संख्या ५ हजार ३७० रहेको गौतमले जानकारी दिए । आज थपिएका संक्रमितमा काठमाडौंका ३ जना रहेका छन् ।