पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १०८ जना नयाँ सङ्क्रमित थपिएका छन् । योसँगै कुल सङ्क्रमित हुनेको संख्या १६ हजार ५३१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

एक साता यता नेपालमा नयाँ थपिने बिरामीको संख्या घट्दै गएको मन्त्रालयले जनाएको छ ।