सिन्धुपाल्चोकमा भीषण बाढी : १५ घर बगायो, १९ बेपत्ता, दुईको शव भेटियो

news-details

सिन्धुपाल्चोकको भोटेकोशी नदीको बाढीले १५ घर बगाएको छ भने १९ भन्दा बढी सम्पर्कबाहिर छन् । बाह्रबिसे नगरपालिकाको जम्बु भन्ने ठाउँमा बाढीले घर बगाएको हो । केही मान्छे बेपत्तासमेत भएका छन् ।

स्थानीय अनन्तप्रकाश श्रेष्ठका अनुसार बाह्रबिसेको गाती बजार बगाएको छ । टेलिफोन सम्पर्कमा उहाँले बताए अनुसार गातीका १४ घरका १९ जना हराइरहेको र दुई जनाको शव फेला परेको छ । बाढीमा हराइरहेकाहरूको खोजी कार्य भइरहेको उहाँले बताउनुभयो ।

इलाका प्रहरी कार्यालय बाह्रबिसेका प्रहरी निरीक्षक नवराज न्यौपानेले प्रहरी, नेपाली सेना र स्थानीयले बेपत्ता भएकाहरूको खोजी कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँका अनुसार नगरपालिकाको जम्बुमा रहेको एल्मो ठाडो खोलामा राति ११ः३० बजेबाट बाढी आउँदा उक्त क्षति भएको हो ।

बाढीले बगाएका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरीको शव निकालिएको छ । अरु बेपत्ताको तीव्र खोजी भइरहेको छ । विस्तृत विवरण आउन बाँकी रहेको निरीक्षक न्यौपानेले बताउनुभएको छ ।

प्रहरीका अनुसार रातभर परेको वर्षाले तातोपानीस्थित चाकुबजार नजिकै रहेको झ्यालेखोला सडक बगाएको छ । बाह्रबिसे नगरको जलेटार आर्मी ब्यारेकमुनिको सडक पनि बाढीले बगाएको छ । लामोसाँघुमा भर्खरै लगाएको प्लम्ब ढलान पनि बगाएको छ । जुरे पहिरोमा सडक बगाउँदा सडक सम्बन्ध टुटेको छ ।

अहिले सभामुख अग्नीप्रसाद सापकोटासहितको टोली हेलिकोप्टरबाट सिन्धुपाल्चोक जाने तयारी रहेको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिनुभयो ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *