पछिल्लो २४ घण्टामा काठमाडौमा २३ सहित देशभर थप २५५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर कुल सङ्क्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

आज उपत्यकाको काठमाडौँमा १६ जना र ललितपुरमा ७ जना सङ्क्रमित भेटिएको मन्त्रालयको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो ।

यस्तै आज २५३ जना निको भएर डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या पनि ७ हजार ७५२ पुगेको छ ।