सरकारले नेपाल प्रहरीको २८ औ महानिरीक्षककमा प्रहरी अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई बढुवा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले थापालाई महानिरीक्षकमा नियुक्त गरेको हो ।
वर्तमान आईजीपी ठाकुर ज्ञवालीले २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउँने भएसँगै अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पाल महानिरीक्षकको रोलमा रहेका थिए ।
आज नियुक्त महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहनेछ ।








