पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा २८ सहित देशभर थप २०४ जनामा कोरोना सङ्क्रण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै कुल सङ्क्रमितको संख्या १६ हजार १६८ पुगेको छ ।
आज उपत्यकाको काठमाडौँमा १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जना सङ्क्रमित भेटिएका मन्त्रालयले जनाएको छ ।
यस्तै आज थप ६८४ जना निको भएर डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ ।








