काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत् ७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालका इपिडियोमोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बासुदेव पाण्डेले जानकारी दिएका छन ।

यसबारे स्पष्ट जानकारी मन्त्रालयको पत्रकार सम्मेलनमार्फत दिइने भन्दै उनले अहिले अस्पतालको आकस्मिकबाहेक सबै सेवा अर्को सूचना नआइन्जेल स्थगित गरिएको बताए ।