प्रधानमन्त्री केपी शर्मा ओलीले आझ दिउँसो मन्त्रीपरिषद बैठक बोलाएका छन ।आज दिउँसो ४ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकले नयाँ आईजीपी नियुक्तिको टुंगो लगाउने बताइएको छ ।
मन्त्रिपरिषद् बैठकले टुंगो लगाए नेपाल प्रहरीले आज २८ औ आईजीपीका रुपमा अतिरिक्त महानिरीक्षक (एआईजीद्धय) शैलेश थापा क्षत्री र हरि पालमध्ये एकजना पाउनेछ ।
वर्तमान आईजीपी ठाकुर ज्ञवालीले २४ असारदेखि ३० वर्षे सेवा अवधीको कारण अनिवार्य अवकाश पाउँदैछन् । त्यसकारण नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो । नयाँ आईजीपीको कार्यकाल २०७९ वैशाख १७ गतेसम्म रहन्छ ।








