पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ५४ सहित देशभर १८० जनामा कोरोना सङ्क्रण पुष्टि भएको छ । योसँगै देशभर कुल सङ्क्रमितको संख्या १५ हजार ९६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।

पछिल्लो केहि दिनयता संक्रमितको संख्या ह्रवात्तै बढन थालेपछि काठमाडौ उपत्यका कोरोना संक्रमणको हटस्पट बन्ने खतरा बढीरहेको छ । आज मात्रै उपत्यकाको काठमाडौँमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना सङ्क्रमित थपिएका हुन ।

तथापी अधिकांश संक्रमित उपत्यका बाहिर तथा विदेशबाट आएकाहरु रहेको र उनीहरु होल्डिङ सेन्टर तथा क्वारेन्टिनमा रहेको जनाइएको छ ।

यस्तै आज २६४ जना निको भएसँगै डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ८११ पुगेको पनि मन्त्रालयले जनाएको छ ।