नेपाल वायुसेवा निगमका ३ पाइलटसहित सात जना उडान कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
निगमका १४ जना उडान कर्मचारीकोको स्वाब परीक्षण गरिएकोमा सात जनाको परीक्षण रिपोर्ट आएको र सात जनाको आउन बाँकी रहेको अपरेशन विभाग प्रमुख दीपु ज्वारचनले जानकारी दिए ।
उनले उद्धार उडानका क्रममा सङ्क्रमण भएको हुन सक्ने बताए । निगमले उनीहरुलाई सोल्टी होटलमा बनाइएको क्वारेन्टाइनमा राखेको छ ।








