उपत्यकामा ३० सहित थप २९३ जना संक्रमित भेटिए, निको हुनेको संख्या ६ हजार ५४७ पुग्यो

news-details

पछिल्लो २४ घण्टामा काठमाडौ उपत्यकामा ३० सहित थप २९३ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा संक्रमितको कुल संख्या १५ हजार ७८४ पुगेको छ ।

उपत्यकाको काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । पछिल्लो समय उपत्यकामा लगातार संक्रमितको संख्या बढ्दो छ ।

यस्तै आज १ सय ३२ जना निको भएर डिस्चार्ज भएसँगै डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ५४७ पुगेको पनि मन्त्रालयले जानकारी दिएको छ ।

सम्बन्धित शीर्षकहरु

0 प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *